२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने

न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने


विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क घटाएको छ । न्यूरोले सरकारले ताकेकोभन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर माध्यमबाट गर्ने भएको हो ।

सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण न्यूरो हस्पिटलका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । यसअघि न्यूरोले २ हजार रुपैयाँ परीक्षणको शुल्क लिने गरेको थियो ।

न्यूरो हस्पिटलको संचालन समिकितको बैठकले पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो । विरामीलाई शौलियत दरमा उपचार गर्ने उद्देश्यले पीसीआर परीक्षणको मुल्य घटाएको डाइरेक्टर भट्टराईले बताए ।

‘सबै विरामीलाई स्वास्थ्यमा पहुँच पु¥याउन हामीले पीसीआर परीक्षणको दर घटाएको हो, ’उनले भने । अहिले दैनिक न्यूरोको ल्याबमा १ सय देखि १ सय ५० जनाको परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैय्याको संचालनमा छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ