२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको आठ स्थानीय तहमा बन्ने अस्पतालहरुको शिलान्यास

मोरङको आठ स्थानीय तहमा बन्ने अस्पतालहरुको शिलान्यास


विराटनगर – मोरङका ८ स्थानीय तहमा नयाँ बन्ने आधारभूत अस्पतालहरुको शिलान्यास भएको छ । सोमबार विहान मोरङका आठवटै स्थानीय तहका प्रमुखले नयाँ बन्ने आधारभूत अस्पतालहरूको शिलान्यास गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु बनाउने घोषणा गरे अनुसार ती शिलान्यास भएको छ ।

मोरङमा तीन नगरपालिका र पाँच गाउँपालिकामा यस्ता आधारभूत अस्पतालहरु बन्ने भएको छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहहरुमा ५ देखि १५ शैय्याका अस्पतालहरु स्थापना गर्ने निर्णय गरी कार्यान्वयनमा लैजान लागेको हो ।

सबै स्थानीय तहमा न्यूनतम १५ शैय्याको अस्पताल बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो । ती अस्पतालहरुले जिल्ला अस्पताल सरहका सेवा प्रदान गर्ने बताइएको छ । बेलबारी, पथरीशनिश्चरे र सुनवर्षि नगरपालिका तथा कानेपोखरी, केराबारी, मिक्लाजुङ्ग, जहदा र बुढीगंगा गाउँपालिकामा नयाँ अस्पतालहरु बन्ने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै तीनवटा यस्ता अस्पतालहरु बन्ने भएका छन् । मोरङ क्षेत्र नम्बर ३ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र पनि हो । अस्पताल निर्माणको निर्णय सोही मन्त्रालयले लिएको हो ।

मोरङको निर्वाचन क्षेत्र ३ नंं. अन्तर्गत कानेपोखरी गाउँपालिकामा स्थित बयरवन मा १५ र बेलबारी नगरपालिकामा १५ र पथरीशनिश्चरे नगरपालिकामा पनि १५ शय्याको आधारभूत अस्पताल बन्ने बताइएको छ । यस्तै बुढीगंगामा १०, केराबारीमा १५ र सुनवर्षिमा १५ शैय्याको  अस्पताल बन्ने बताइएको छ । ती अस्पतालहरु दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ । ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ