२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५३० सहित थप १३०४ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ५३० सहित थप १३०४ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु


काठमाडौं– काठमाडौं उपत्यकाका ५ सय ३० सहित थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ७३ जनाले कोरोना जितेका छन् । यस सँगै २ लाख १६ हजार ५ सय ९४ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ५ सय २९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ८३ वटा पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ