२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको जहदामा सञ्चालनमा आयो पाँच शैय्याको कोभिड अस्पताल

मोरङको जहदामा सञ्चालनमा आयो पाँच शैय्याको कोभिड अस्पताल


विराटनगर– मोरङको जहदा गाउँपालिकामा पाँच शैयाँको कोभिड अस्पताल सञ्चालनमा आएको छ । लक्षणसहितका कोरोना संक्रमितहरुको उपचारका निम्ति जहदामा पाँच शैयाँको अस्पतालमा सञ्चालनमा आएको हो ।

गाउँपालिकाले वडा नंं. ५ स्थित मझारे स्वास्थ्य चौकीलाई कोभिड अस्पतालमा स्तरोन्नति गरी सञ्चालन ल्याएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको योजना अन्तर्गत सो अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । संघिय सरकारको १० लाखको सहयोगमा न्यूनतम स्वास्थ्य पूर्वाधारसहित सो अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष कैलाशप्रसाद मण्डलले जानकारी दिए ।

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेकाले स्थानीय तहका संक्रमितलाई स्थानीयस्तरमै उपचार गर्ने उद्धेश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रारम्भिक चरणमा मध्यम प्रकृतिका संक्रमितहरुको निःशुल्क उपचारका निम्ति गाउँपालिकाले अस्पतालमा ५ वटै बेडलाई पुग्ने अक्सिजन, एम्बुलेन्स, औषधि र आवश्यक स्वास्थ्य पूर्वाधारहरुकोे व्यवस्था गरेको छ ।

संक्रमितको उपचारका निम्ति एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी सहित दक्ष स्वास्थ्यकर्मीको मागलाई पूर्ति गर्न गाउँपालिकाले ७ दिने दरबन्दी समेत माग गरेको छ ।

गाउँपालिकाले स्थानीयस्तरकै अनमी, अहेब र स्टाफ नर्स लगायतका आवश्यक दक्ष स्वास्थ्य जनशक्तिलाई अस्पतालमा परिचालन गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए ।

यसबाहेक गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुको उपचारका लागि गाउँपालिकाले पौने २ करोडको लागतमा १५ शैय्याको एक तले अस्पताल निर्माणका लागि टेण्डर समेत आव्हान गरिसकेको प्रशासकीय अधिकृत घिमिरेले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ