२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘लाइभ सेभिङ’ औषधि सहज उपलब्ध गराउन व्यवसायीको माग

‘लाइभ सेभिङ’ औषधि सहज उपलब्ध गराउन व्यवसायीको माग


विराटनगर—बिरामीलाई आवश्यक पर्ने ‘लाइभ सेभिङ’ औषधिहरू राज्यलाई सहज रूपमा उपलब्ध गराउन औषधि व्यवसायीहरूले माग राखेका छन् । औषधि व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ’ औषधिहरू अहिले पनि बजारमा बिरामीले नपाउने भएकोले राज्यले यस्ता औषधि सहज रूपमा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।

नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले लेटाङमा आयोजना गरेको अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले राज्यले बिरामीका लागि आवश्यक पर्ने ‘लाइभ सेभिङ’ औषधिहरू सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘सिन्डिकेट खडा गरी अहिले पनि राज्यले सिमित आपूर्तिकर्तालाई औषधि ल्याउन दिदा लाइभ सेभिङ औषधी नपाउने गरिएको छ,’ उनले भने, ‘यस्ता औषधि सहज रूपमा उपलब्ध गराउने वातावरण राज्यले गरिदिनुपर्दछ ।’

कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जिल्लाभरीका व्यवसायिकहरू एकताबद्ध भएर स्वच्छ र मर्यादित रूपमा व्यापार व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए । ‘हाम्रो व्यवसायमा देखा परेका विकृति र विसंगतिहरू अन्त्य गरी मर्यादित व्यवसाय बनाउन लागि परेका छौं,’ उनले भने, ‘हाम्रो व्यवसाय बदाम हुने गरी कोही तस्करी गरि अवैध औषधि चोरी तस्करी गरेर ल्याएर हाम्रो व्यवसायलाई बदनाम गराएर अवैध काम हुन्छ भने जो कोहीलाई पनि कारवाहीको दायरमा ल्यानुपर्दछ ।’

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखाका पूर्व—अध्यक्ष तथा संघका सल्लाहकार लक्षण माझी, व्यवसायी सीताराम लुइँटेल, नेत्र निरौला, माधव रेग्मी, संघका सदस्य प्रकाश धिमाललगायतले बोलेका थिए । संघले लेटाङपछि मोरङ उर्लाबारी, मधुमल्ला, पथरी, रंगेलीलगायतको क्षेत्रमा पनि औषधि व्यवसायीहरूको सुझाव, सल्लाह र समस्या सुन्दै व्यवसायीहरूमा परेको समस्याको समाधानमा नेपाल औषधि व्यवसायी संघ मोरङ सधैं लागि परेर अगाडि बढने उपाध्यक्ष ढकालले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ