२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेघा अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर/नर्सलाई दोब्बर पारिश्रमिक

मेघा अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर/नर्सलाई दोब्बर पारिश्रमिक


काठमाडौं– ललितपुरस्थित मेघा अस्पतालले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई दोब्बर पारिश्रमिक दिँदै आएको दाबी गरेको छ । अस्तपालले कोरोना संक्रमितको उपचारमा खटिने नर्स तथा चिकित्सकले पाउँदै आएको पारिश्रमिकको दोब्बर दिएको दाबी गरेको हो ।

अस्पतालमा कोरोना संक्रमितको उपचारमा १० चिकित्सक र २९ जना नर्स खटिएका छन् । उनीहरुले प्राप्त गर्दैै आएको तलबमा दोब्बर वृद्धि गरिएको अस्पतालका अध्यक्ष किशोरजंग राणा बताउँछन् । ‘हामीले चिकित्सक तथा नर्सहरुलाई खाइपाइ आएको भन्दा दोब्बर पारिश्रमिक दिँदै आएका छौं,’ उनले भने, ‘महामारीको फ्रन्टलाइनमा खटिने योद्धाहरुको मनोबल उच्च बनाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

मेघा अस्पतालमा नर्सको औषत ८ हजारदेखि १५ हजार रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ । एमबीबीएस चिकित्सकको औषत ४० हजारदेखि १ लाख ५० हजारसम्म र एमडीको ३ लाखदेखि ५ लाख रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ । यो तलबमा कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सलाई दोब्बर पारिश्रमिक दिइएको अस्पतालको दाबी छ ।

कोरोना संक्रमितको उपचार निःशुल्क

मेघा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने गरेको छ । अस्पतालले भदौ यता कोरोनाका बिरामीको उपचार निःशुल्क गर्दै आएको जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अस्पतालमा सुचिकृत भएको यस अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारमा लागेको खर्च सरकारले व्यहार्ने छ । ‘हामीले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचीकृत भएका छौं । त्यसैले हाम्रो अस्पतालमा कोरोना संक्रमितको उपचारमा लागेको खर्च अस्पतालले ब्यहोर्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले केही समय अघि कोभिड अस्पतालमा सूचीकृत भएका अस्तपाललाई कोरोना संक्रमितको निशुल्क उपचार गर्न निर्देशन दिएको थियो । सरकारले १ जना कोरोना बिरामीको २४ घन्टा आइसीयू अथवा भेन्टिलेटरमा राखेर उपचार गरेको १५ हजार दिने तोकेको छ । यद्यपि, आइसीयू तथा भेन्टिलेटरका बिरामीलाई भने दैनिक १५ हजार रुपैयाँ खर्चले नपुगे पनि बिरामीसँग थप शुल्क नलिएको राणा बताउँछन् । ‘सरकारले कोरोना संक्रमितको उपचार ब्यहोरे पनि त्यो अपुग छ,’ उनी भन्छन्, ‘तर हामी बिरामीसँग पैसा लिँदैनौं ।’ यस अस्पतालमा हालसम्म १ हजार ७५ जना कोरोनाका बिरामीको निःशुल्क उपचार भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ