२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज


विराटनगर – प्रदेश १ थप १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ३ जना, मोरंगको विराटनगरमा २८, सुन्दरहरैचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २–२, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४–४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १–१, संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९७ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३४३ पुगेको छ ।

प्रदेश १ मा आज ८५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ