२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४८ जना कोरोना संक्रमित भेन्टीलेटर र ३२१ जना आईसीयुमा

४८ जना कोरोना संक्रमित भेन्टीलेटर र ३२१ जना आईसीयुमा


काठमाडौं—नेपालमा ४८ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबारसम्म देशभरका विभिन्न अस्पतालहरुमा ४८ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ४/४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना र २ नंं. प्रदेशमा २ जना कोरोना संक्रमतिको उपचार भेन्टीलेटरमा भइरहेको छ । १ नंं. प्रदेशमा १ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर ३२१ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आईसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा १ सय २७ जना, गण्डकी प्रदेशमा ९७ जना कोरोना संक्रमितले आईसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ३८ जना, १ नं. प्रदेशमा ३७ जना, २ नं. प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना र कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ