२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

थप ७३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ४ हजारभन्दा बढी सक्रिय केस


काठमाडौं– नेपालमा ७ सय ३६ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७ सय ३६ कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ३ सय ९१ जना रहेका छन् । उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ६७ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८ सय ४७ जनाले कोरोना जितेका छन् । हालसम्म नेपालमा २ लाख ३९ हजार ४ सय १६ जनाले कोरोना जितेका छन् ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा १ हजार ७ सय ४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ