२०८२ असार २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागका हाकिमहरुको जिम्मेवारी ‘हेरफेर’

स्वास्थ्य सेवा विभागका हाकिमहरुको जिम्मेवारी ‘हेरफेर’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतका प्रमुख महाशाखाका हाकिम (निर्देशक)हरुको जिम्मेवारी हेरफेर गरेको छ । १ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तीन जना निर्देशकको जिम्मेवारी हेरफेर गरेको हो ।

जिम्मेवारी हेरफेर हुनेहरुमा व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेल, परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी र उपचारात्मक महाशाखाका प्रमुख डा. तारा पोखरेल रहेका छन् ।

डा. खरेललाई उपचारात्मक महाशाखामा लगिएको छ । उपचारात्मक महाशाखाका प्रमुख डा. पोखरेललाई परिवार कल्याण महाशाखामा लगिएको छ भने परिवार कल्याण महाशाखाका प्रमुख डा. तिंकरीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले हेल्थआवाजलाई बताए ।

त्यसैगरी, मन्त्रालयले विभागको महत्वपूर्ण मानिने आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारीमा रहेका चुडामणि भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा पठाएको छ । मन्त्रालयमा रहेका उपेन्द्र ढुंगानालाई स्वास्थ्य सेवा विभागमा जिम्मेवारी तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ