२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र

कोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका तर गम्भीर अवस्थामा नभएका बिरामीलाई १० दिनमात्र अस्पतालको आइशोलेसनमा राख्न अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयको २ पुषको निर्णय कार्यान्वयनका लागि सबै अस्पतालहरुलाई नीति योजना तथा अनुगमन महाशाखाले परिपत्र गरेको हो ।

अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीहरुको दैनिक अनिवार्यरुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अपडेट गर्नुपर्ने र सोही अपडेट अनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोध भर्ना हुने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, निःशुल्क उपचार गरेको सोध भर्ना रकम माग गरिएका बिरामीबाट कुनैपनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ । यदि शुल्क लिएको पाइएमा सोध भर्ना नगरिने महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ