२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदाँत सिरिङ–सिरिङ किन हुन्छ ? यस्तो समस्याबाट कसरी बच्ने ?

दाँत सिरिङ–सिरिङ किन हुन्छ ? यस्तो समस्याबाट कसरी बच्ने ?


स्वस्थ जीवनशैलीका लागि दाँत स्वस्थ हुनुपर्दछ । दाँत स्वस्थ राख्न मुखको स्वाथ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ । दाँत तथा मुखलाई स्वस्थ राख्न खाना खाएपछि ब्रस गर्नु उत्तम उपाय मानिन्छ । बिहान–बेलुकी खाना खाइसकेपछि अनिवार्य दाँत माँझ्नुपर्छ ।

साथै हामीले खाने खानेकुरा पनि स्वस्थ हुनुपर्छ । चक्लेट, आइसक्रिम, मिठाईहरु जस्ता ग्लुकोजको मात्रा बढी भएका खानेकुराको कम सेवन गर्नुपर्छ । यस्ता खानेकुरा खाईसके पछि तुरुन्त मुख कुल्ला गर्नुपर्छ । बेलुकाको समयमा कार्बोहाड्रेट र सुगरकोे मात्रा भएका खानेकुराहरु कम खाने ।

साथै, फाइबर युक्त खाने कुराहरु खाने जस्तै ः (मकै, गहुँ, जौ, फापर, कोदो), गेडागुडी (चना, केराउ, मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । साधारतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । यसरी दाँत बलियो तथा किरा लाग्न बाट बचाउन सकिन्छ । साथै समग्र स्वाथ्य राम्रो हुन्छ ।

हाम्रो दैनिकी र खानपान सन्तुलन नहुँदा दाँतका विभिन्न समस्याहरु देखापर्छन् । त्यही मध्ये एउटा आम समस्या दाँत सिरिङ–सिरिङ हुनु हो । आखिर के–कस्ता गल्तीले दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछन् र यसबाट बच्ने उपायका बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

दाँत सिरिङ्ग  किन हुन्छ ?

दाँत सिरिङ्ग हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाई हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ ।

दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ ।

अनि दाँत सिरिङ्ग हुने समस्या आउँछ । धेरै तातो, चिसो, ब्रस गर्दा, गुलियो तथा एसिड भएका पेय पदार्थले यस्तो समस्या आउनसक्छ । यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ । दाँतमा कीरा लाग्यो भने पनि सिरिङ्ग हुने समस्या आउँछ ।

दाँत सिरिङ्ग हुने समस्याबाट बच्ने उपाय

– सही तरिकाले ब्रस गर्ने साथै नरम ब्रसको प्रयोग गने

– तीन–तीन महिनामा दाँतको डाक्टरलाई देखाउने र दाँत तथा मुखको अवस्थाबारे परामर्श लिने ।

– एसिड भएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउँने ।

– दिनको दुईपटक पेष्ट भएको मन्जनले दाँत माझ्ने । जसले गर्दा धेरै घर्षण हुँदैन र दातँ खिईनबाट जोगाउँछ ।

– खैनी, चुरोट सेवन नगर्ने

प्रस्तुतिः चन्द्रा कँडेल

 

 


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ