२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सामाग्री खरिद प्रकरणमा अख्तियारले छानविन गर्ने

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अख्तियारले छानविन गर्ने


काठमाडौं—कोभिड—१९ नियन्त्रण तथा रोकथामका लागि खरिद गरिएको स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ । शुक्रबार संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै छानविनका लागि अख्तियारमा लेखी पठाउने निर्णय गरेको हो ।

‘स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा संलग्न अधिकारीमाथि छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई  लेखी पठाउने निर्णय भएको छ,’ सार्वजनिक लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले हेल्थआवाजसँग भने, ‘समितिले शुक्रबार यस्तो निर्णय गरेको हो ।’ यससँगै अब विवादास्पद खरिद प्रकरण छानविन अख्तियारले गर्ने छ ।

समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको छ । केही समयदेखि उक्त खरिद प्रकरणमाथि सार्वजनिक लेखा समितिमा छलफल हुँदैं आएको थियो ।

समितिमा उपस्थित भएर स्वास्थ्यमन्त्रीले खरिदमा आफ्नो कुनै स्वार्थ नभएको र आकस्मिक रुपमा ल्याउनु पर्दा केही प्राविधिक त्रुटि भएको हुन सक्ने जवाफ दिएका थिए । उनले दोषी देखिएमा आफू कारवाही भोग्न तयार भएको पनि बताएका थिए ।

गत चैत्रमा कोभिड—१९ नियन्त्रण तथा रोकथामका लागि ओम्नी समूहसँग स्वास्थ्य मन्त्रालयमा मन्त्रीसहितको उपस्थितीमा स्वास्थ्य सेवा विभागले महंगो दरमा स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौता गरेको थियो । तर, उक्त सम्झौतामा महंगो भएर विवादमा परेपछि पहिलो चरणमा सामाग्री (करिब २८ करोड बराबरको)ल्याइसकेपछि सम्झौता विभागले रद्ध गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ