२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७१० जनामा कोरोना संक्रमण, ११७५ संक्रमित कोरोनामुक्त

थप ७१० जनामा कोरोना संक्रमण, ११७५ संक्रमित कोरोनामुक्त


काठमाडौं– नेपालमा थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ८० जनाको स्वाब परीक्षण गर्दा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ७५ जना संक्रमितले कोरोना जितेका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ जना पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ