२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५१ जना संक्रमित भेन्टीलेटरमा, २७९ जनाको आइसीयुमा उपचार हुँदै

५१ जना संक्रमित भेन्टीलेटरमा, २७९ जनाको आइसीयुमा उपचार हुँदै


काठमाडौं—नेपालमा ५१ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार देशभरका विभिन्न अस्पतालहरुमा ५१ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना र कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना र प्रदेश २ मा ४ जना र १ नंं. प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय ७९ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा १ सय ४ जना, गण्डकी प्रदेशमा ८४ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४८ जना, १ नं. प्रदेशमा २१ जना, २ नं. प्रदेशमा ७ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना र कर्णाली प्रदेशमा ७ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।

त्यसैगरी, थप १२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ७ सय ७७ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ