काठमाडौं—नेपालमा थप ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये २ सय ३३ जना महिला र ३ सय ८० जना पुरुष रहेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको देखिन्छ ।
सबैभन्दा बढी कोरोना प्रभावित बनेको काठमाडौं उपत्यकामा बिहिबार मात्र २ सय ४४ जना संक्रमित थपिएका छन्। जसमध्ये एक सय महिला र १ सय ४४ पुरुष रहेका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ३९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ४७ हजार ४ सय जना रहेका छन् । निको हुने दर नेपालमा ९६.४ प्रतिशत रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।