२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशडा. अर्यालमाथि भएको हातपातको घटनाका दोषीलाई कारवाही गर्न माग

डा. अर्यालमाथि भएको हातपातको घटनाका दोषीलाई कारवाही गर्न माग


काठमाडौं—लुम्बिनी प्रादेशिक अस्पतालले अस्पतालको इमर्जेन्सीमा कार्यरत चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । १० पुसको राति ११ बजे अस्पतालको इमर्जेन्सीमा कार्यरत चिकित्सक डा. शिव अर्यालमाथि एक बिरामीका आफन्तले हातपात तथा गाली गलौज गरेका थिए ।

बिरामी पार्वती सुनारको उपचारका क्रममा उनका छोरा अनुराग रसाइली, हिमाल रसाइली र बिरामीका श्रीमान भेषबहादुर सुनारको संलग्नतामा डा. अर्यालमाथि हातपात तथा गाली गलौज भएको थियो । उनीहरुले डा. अर्याललाई धम्काउने समेत काम गरेका थिए ।

अस्पतालले उक्त कार्य गैरजिम्मेवारीपूर्ण भएको भन्दैं घटनामाथि छानविन गरी दोषीलाई कारवाही गर्न इलाका १२ पुसमा इलाका प्रहरी कार्यलयमा उजुरी दिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले हस्ताक्षर गरेको उक्त उजुरी सामाजिक विकास मन्त्रालयलाई बोधार्थ दिइएको छ ।

उक्त घटनाप्रति नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेश शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको भन्दैं दोषीमाथि कारवाहीको माग गरेको छ । संघले आफ्ना आजीवन सदस्य डा. अर्यालमाथि आकस्मिक कक्षमा काम गर्दागर्दै अवस्थामा हातपात हुनुलाई निन्दनीय भनेको छ ।

‘अपराधीलाई कुनै पनि बहानामा माफी गर्नु हुँदैन र नियम कानुनअनुसार सजाय हुनुपर्छ भन्ने कुरामा चिकित्सक संघ स्पष्ट छ,’ महासचिव डा. सन्तोष पोख्रेलले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । अर्याललाई न्याय दिलाउन कटिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।

यस्तै, राष्ट्रिय चिकित्सक संघ नेपालले पनि उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. समिर आचार्य र महासचिव डा. सागर न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रमा खटिरहेका चिकित्सकमाथि भएको उक्त निकृष्ट र निन्दनीय कार्यको विरोध गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ