२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३१२ सहित थप ५११ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३१२ सहित थप ५११ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ५ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा बुधबार मात्र ३ सय १२ जना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५१ हजार ९ सय १२ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ९ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० वटा पीसीआर नमुना परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ