२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफेक्ट नेपाल कीर्तिपुर अस्पतालको सुझाव : आगजनीबाट बच्न घरमै यसरी गरौँ प्राथमिक उपचार

फेक्ट नेपाल कीर्तिपुर अस्पतालको सुझाव : आगजनीबाट बच्न घरमै यसरी गरौँ प्राथमिक उपचार


काठमाडौं– जाडोको समयमा आगजनीको जोखिम अत्याधिक हुने भन्दै फेक्ट नेपाल कीर्तिपुर अस्पतालले जनचेतना अभिवृद्धि गर्नको लागि एक सुचना जारी गरेको छ। अस्पतालले आगोलागीका घटनाले जनधन दुवैको क्षति हुने भन्दै यसबाट जोगिन उपाय र घटना भैहालेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमासचेतना फैलाउन  सो सूचना जारी गरेको हो।

अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख संयोजक हेमन्त ध्वज जोशीले आगो लाग्ने बितिकै बिरामीलाई अस्पताल पुर्‍याउनुभन्दा पनि तुरुन्तै प्राथमिक उपचार गर्न सकेमा धेरै रोकथाम तथा ज्यान बच्ने सम्भावना बढी हुने बताए। उनले भने, ‘हत्तारिएर आगोबाट पिडित भएका बिरामीलाई किर्तीपुर अस्पताल ल्याउनुसट्टा प्राथमिक उपचारलाई ध्यान दिनुपर्दछ ।’

यस्ता छन् आगोबाट हुने घटनाबाट बच्ने प्राथमिक उपचारका उपायहरू :-

१. आगोको काम सकिए पछि तुरुन्तै निभाउने।

२. न्यानो रहन लुगा लगाउने/ओढ्ने, आगो ताप्नै परे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदि नखन्याउने।

३. फोहर र प्लाष्टिक कागज आदि उचित तरिकाले विसर्जन गर्ने। यिनलाई पोल्दा प्रदूषण हुने मात्र हैन, पोलिन पनि सक्छ।

४. आगो, तातो पानी र तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्ने।

५. भुईंभन्दा अग्लो तहमा पकाउने, पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउने।

६. ग्याँस चूलो, पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने, काम सकिए पछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठूलो विष्फोट हुनसक्ने हुँदा यसो नगर्ने।

७. हावा नखेल्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने। हिटर निभाएर मात्र सुत्ने।

८. आगोले पोलिहालेमा तुरुन्तै आतिएर दौडिनु हुँदैन। यस्तो अवस्थामा रोकिनुहोस्, भुईंमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।

. आगो निभे पछि लुगा, घडी र गहनाहरू फुकाल्नु होस्। त्यस पछि घाउलाई धाराको पानी मा कम्तीमा आधा घण्टा धुनुहोस्।

१०. घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुहोस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नून, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुहोस्।

साथै, अस्पतालले आगोले पोलेर घाइते भैहालेमा तुरुन्त यस नम्बर १६६००१५१०००मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ