२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३० करोडको एन्टीजेन किट खरिद गर्ने तयारी

३० करोडको एन्टीजेन किट खरिद गर्ने तयारी


काठमाडौं—सरकारले ¥यापिड डायग्नोस्टिक टेस्ट किटपछि ३० करोड मुल्यको एन्टीजेन किट खरिद गर्ने तयारी गरेको छ । पुस महिनामा ३ लाख एन्टीजेन किट खरिद गर्न लागेको हो ।

एन्टीजेन परीक्षणले शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तत्काल ३ लाख एन्टीजेन किट खरिद गरिनेछ । आगामी २४ गते भित्र खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि द्रुत एन्टीजेन परीक्षण किटलाई २५ भदौमा स्विकृती दिने निर्णय गरेको थियो ।

‘एन्टीजेन किटका माध्यमबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आए त्यसलाई कोरोना पोजिटिभ नै मानिने छ,’ प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै पनि लक्षण छैन एन्टीजेनमा नेगेटीभ रिपोर्ट आयो भने पीसीआर गर्नुपर्दैन । तर, एन्टीजेन नेगेटिभ आयो सम्बन्धित व्यक्तिमा लक्षण छ भने सो व्यक्तिको आरटी पीसीआर परिक्षण गर्नुपर्छ ।’

आरटी पीसीआर बन्द गर्ने उद्धेश्यले सरकारले एन्टीजेन परीक्षण सुरु गर्न लागेको हो । एन्टीजेन परीक्षणमा पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आउँछ सोहीअनुसार उपचार प्रक्रिया अगाडि बढाउन मन्त्रालयले भनेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले सेवामा सहजताका लागि एन्टिजेन किट प्रयोग गर्न लागेको बताए ।

प्रवक्ता गौतमले भने, ‘पिसिआरको रिपोर्ट तत्काल आउँदैन, एन्टीजेनको रिपोर्ट ३० मिनेट भित्र आउँछ । नन कोभिड सेवालाई पनि बलियो बनाउनुपर्छ । त्यसैले हालको अवस्थामा एन्टिजेन किटको प्रयोग आवश्यक छ ।’ पिसिआर र एन्टिजेनको प्रभावकारीता उस्तै भएको प्रवक्ता गौतमले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ