काठमाडौं—कान्ति बाल अस्पतालको ५९ औं बार्षिकोत्सवको अवसरमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । बुधबार वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
सार्वजनिक निजी साझेदारीअन्र्तगत सिविन—नेपालको संयोजकत्वमा नर्वेजियन FOURT–norwegian psychiatrist association TOUCH iraland को सहयोगमा उक्त भवनको निर्माण भएको अस्पतालले जनाएको छ ।
उद्घाट्नपछि सो भवनमा छिट्टै बहिरंग तथा अन्तरंग मा बालबालिका तथा किशोर किशोरीले मानसिक स्वास्थ्य सेवा पाउने अस्पतालले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.रोशन पोखरेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. डी.एन साह, सिविनका निर्देशक सुम्निमा तुलाधर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका वडा नं ३ का अध्यक्ष दिपक के.सीलगायतको उपस्थिती रहेको थियो ।
