२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. श्रेष्ठको चुनावी प्रतिवद्धता : चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने

डा. श्रेष्ठको चुनावी प्रतिवद्धता : चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने


विराटनगर – आगमी माघ ४ र ५ गते विराटनगरमा हुने नेपाल चिकित्सक संघ कोशी शाखा विराटनगरको अध्यक्षको लागि डा. कैलाश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । चिकित्सक संघको २०७७ देखि २०८० सम्मको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको हो ।

सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने सम्भावना न्यून देखिएको कारणले यसपटक निर्वाचनबाट नेपाल चिकित्सक संघ कोशी शाखाको निर्वाचन हुने देखिएको छ । नेपाल मेडिकल एसोसोसेशन सोसाइटी महाराजगन्ज, काठमाण्डौंको उपाध्यक्ष समेत भइसकेका श्रेष्ठले संघका अध्यक्षको उम्मेदवारी घोषणा गरेका चिकित्सकहरुलाई एक ढिक्का बनाएर अगाडी बढाएर लैजाने बताए ।

चिकित्सकहरु मानमर्यादा, श्रमशोषण र पहुँच बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेकाले नयाँ समुह लिएर आएको उनको भनाई छ । डा. श्रेष्ठको समूहले ११ बुँदे सामूहिक प्रतिवद्धता सार्वजानिक गरेका छन् ।

यस्ता छन् डा. कैलाश श्रेष्ठको समूहको प्रतिबद्धता

डा. कैलाश श्रेष्ठको समूहले सार्वजानिक गरेको सामुहिक प्रतिबद्धतामा चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्ने र विद्यमान श्रमशोषणका विरुद्ध संघर्ष गर्ने बताइएको छ । सार्वजनिक गरेको प्रतिवद्धतामा नेपाल चिकित्सक संघको मर्म, उद्देश्य र बिधानभित्र रहनेछ । संघको निर्णय र निर्वाचन आचारसंहिताको अक्षरस पालना गर्ने उल्लेख  छ ।

‘समुहको कुनै राजनितिक दल, जातिय तथा वर्गीय संगठन, धर्म आदिको विभिन्न समुह वा संघ–संगठनसँग साझेदारी गर्ने वा प्रेरित हुने छैन,’ श्रेष्ठको समूहले सार्वजनिक गरेको प्रतिवद्धतामा भनिएको छ, ‘यस प्यानलको नामाकारण तथा आचारण समेत चिकित्सकहरुको राजनैतिक समुहहरु प्रजातान्त्रिक, प्रगतीशिल वा कुनै समुहको बागी रहने छैन् । कसैसँग कहिले नाकारात्मक नबनि चुनावमा सहभागी हुने र अन्य चिकित्सक तथा प्यानललाई सम्मान गर्दै सदव्यवहार गरिनेछ ।’

यसैगरी, प्रजातान्त्रिक अभ्यास अपनाउदै विवादस्पद अवस्थामा सदैव बहुमतको सम्मान गर्दै सामुहिक निर्णय लिइनेछ । चुनावी नतिजालाई स्विकार गर्दै कुनै पुर्वाग्रह र द्वेश बिना सदैव चिकित्सकहरुको साथ र सहयोग गरी चिकित्सक संघलाई सबैको आफ्नो र आफ्नत्व बनाउन साचो प्रयास गरिनेछ । यस्तै, स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउन तथा चिकित्सकिय पहुच बढाउन यस समुहले विभिन्न निकायहरुसँग  समन्वय गर्ने प्रतिवद्धतामा उल्लेख छ । चिकित्सकहरूको मर्यादा र सम्मान उच्च राख्न सम्बन्धित निकाय, क्षेत्र तथा चिकित्सकहरुसँग समन्वय गर्नेछ ।

संघ र चिकित्सकहरुको नेतृत्व विकास, शैक्षिक र सिप विकास, अनुशासनहरुमा तिव्रता दिन संघका अग्रज सदस्यहरु, पुर्वपदाधिकारीहरु, मेडिकल कलेजहरुका प्रोफेसरहरू, केन्द्रिय समितीसँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धतमा उल्लेख छ । ‘कुनै पनि संस्थाले जिवन्त पाउन संस्थाको आफ्नै भवनले महत्व राख्दछ । यो समुह संघको भवनको विपक्षमा छैन र यसका लागि पुर्वअध्यक्ष लगायत अग्रज तथा दातृ निकायहरुसँगसहकार्य गर्ने छ । तर संघको भवनभन्दा पनि सबै चिकित्सकहरु संघमा जाने वातावरण श्रृजना गर्ने तथा ‘व्यक्तीको होईन विधिको व्यवस्थापन’ स्थापित गर्ने कामलाई उच्च प्राथमिकतामा राख्नेछ,’ प्रतिवद्धतामा उल्लेख छ ।

यस्तै, संघको विराटनगर शाखाको भवनका लागि स्वकृत भएको भनिएको भवन सरकारी निकाय (भौतिक तथा शहरी विकास शाखा) ले बनाउने भएकोले त्यसमा थप सहयोगका लागि सहकार्य र समन्वय गर्ने अध्यक्षका उम्मेदवार श्रेष्ठले सार्वजनिक गरेको सामूहिक प्रतिवद्धतामा भनिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ