२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभ्याक्सिन ल्याउन सबै नीतिगत तयारी पूरा भैसक्यो : स्वास्थ्यमन्त्री त्रिपाठी

भ्याक्सिन ल्याउन सबै नीतिगत तयारी पूरा भैसक्यो : स्वास्थ्यमन्त्री त्रिपाठी


काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्ध खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले खोप ल्याउनको लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको र चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन् ।

सोमबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं । नीतिगत कार्यहरु पुरा भैसकेका छन्।’

कोभिड–१९ को खोप नेपालमा ल्याउने तयारी अगाडि बढेसँगै नेपालमा संचालनमा रहेका १६ हजार खोप केन्द्रहरु, १६ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविकाहरु परिचालन गरिनेछन् ।

‘खोपको प्राप्ति अन्य विषयको प्राप्ति जस्तो होइन । यो स्वास्थ्य सामग्री भए पनि राजनीतिक सामग्री हुन पुग्यो,’ उनले भने, ‘सिमित देशमा खोप बनेकोले प्राप्तिमा ढिला भयो ।’

कोभिड–१९ खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने उनको भनाइ छ । कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको समेत उनले जानकारी दिए ।

‘पहिले जिटुजीबाटै खरिद प्रक्रिया अघि बढाइन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘सुरुमा फ्रन्टलाइनर, दीर्घरोगका बिरामी र वृद्धहरूलाई भ्याक्सिन दिइनेछ ।’ त्यसका लागि तथ्यांक संकलन भएको समेत जानकारी उनले दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ