२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यम:म खाँदा देखिन्छन् यस्ता स्वास्थ्य समस्या

म:म खाँदा देखिन्छन् यस्ता स्वास्थ्य समस्या


पछिल्लाे समय म:म एक लोकप्रिय फास्ट फूड बनेकाे छ। तर मःम खाँदा जति मीठाे हुन्छ त्याे भन्दा बढी स्वास्थ्यमा हानी पुर्याइरहेकाे हुन्छ ।

पहिलाे कुरा त म:म मैदाको पिठोबाट बन्छ। मैदाजन्य खानेकुरा त्यसै पनि स्वास्थ्यका लागि हानिकारक छ । मःममा एजोडीकार्बोना माइड, बेन्जोइल पेरोक्साइडजस्ता तत्वको मिश्रण हुने गर्छ।

म:म बनाउने पिठोलाई नरम बनाउन एलोक्सन नामको तत्व मिसाउने गरिन्छ। जुन स्वास्थ्यको लागि अति नै हानिकारक हुने गर्छ। यसले आमाशयलाई क्षति पुर्याउँछ। यस बाहेक मधुमेहका बिरामीलाई झनै खतरा हुने गर्छ।

म:म भेज र नन-भेज दुवै प्रकारको पाइने गर्छ। नन-भेज बनाउनक लागि धेरै जसाे कुखुराको मासुको प्रयोग गरिन्छ जसलाइ चलनचल्तीकाे भाषामा चिकेन मःम भन्छाैं । जसको गुणस्तर खासै राम्रो हुँदैन। खराब कुखुराको मासु प्रयाेग हुने भएकाले त्यसले रोगको सिकार बनाउन सक्छ।

मानिसहरु म:मसँगै पस्किएको अचारको पनि सोखिन हुन्छन। जुन निकै पिरो र चटपटे हुन्छ। धेरै पिरो स्वास्थ्यको लागि हानिकारक मानिन्छ। अत्याधिक पिरोले पायल्सको समस्या निम्तिन सक्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ