२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त


काठमाडौं -काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।

डाक्टर थापाले आफुले उपकुलपति भएको पत्र बुझीनसकेको बताए। ‘औपचारिक रुपमा पत्र बुझिसकेको छैन तर  सिहंदरबार बोलाइएको छ, त्यहाँ जाँदैछु ।, ‘उनले भने ।

उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले गएको आइतबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस  गरेको थियो । जसमध्ये उनी नियुक्त भएका हुन्।

डा.  थापा यसअघि काठमाडौं विश्वविद्यालयको रजिष्टारको रुपमा लामोसमय देखि काम गरेका व्यक्ति हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ