२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने

देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने


काठमाडौं– देशव्यापी रुपमा कोभिड–१९ खोप अभियान सुरु हुन एक हप्ता लाग्ने भएको छ । बिहिबार भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भिमसिंह टिंकरीले बताए ।

भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप राष्ट्रिय खोप भण्डारमा भण्डारण गरी अन्य खोप केन्द्रमा शुक्रबार बाटै पठाउन सुरु गरिने खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतिले जानकारी दिए ।

‘भारतबाट आएको खोपलाई राष्ट्रिय खोप भण्डारमा भण्डारण गरिएको छ,’ उनले भने, ‘सबै केन्द्रमा खोप पुगेपछि यो अभियान सुरु हुन कम्तिमा १ हप्तादेखि २ हप्ता लाग्न सक्छ ।’

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड कसरी सुरु गर्ने भन्ने विषयमा विशेषज्ञसहित उच्चपदाधिकारीको मन्त्रालयमा बैठक बसिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ