२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डाक्टरमाथि कुटपिट गरेको आरोपमा तरूण दलका कोषाध्यक्ष पक्राउ

डाक्टरमाथि कुटपिट गरेको आरोपमा तरूण दलका कोषाध्यक्ष पक्राउ


विराटनगर – विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको आरोपमा तरूण दल मोरङको कोषाध्यक्ष अनिल भन्ने लक्ष्मी प्रसाद रिजाल पक्राउ परेका छन् ।

नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मोरङको सुन्दरहरैचनाका नगरपालिकाको गछिया घर भएका ३९ वर्षिय रिजाल विराटनगर बस्दै आएका थिए । रिजाल विराट व्यापर संघको सदस्य पनि हुन् । उनको विराटनगरमा होलसेलको डिर्लर पनि छ । उनले केही दिन अगाडी डाक्टर बस्नेतको विराटनगर ४ दुधफारम नजिक डेरामा आएर राती साढे ८ बजेको समयमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाइते भएकी चिकित्सक बस्नेतको औला र सम्बेदनशिल अंगमा चोटपटक लागेको छ ।

उनीहरू मिल्ने साथी हुन् । सामान्य विषयमा वादविाद भइ झगडा हुदा रिजालले डाक्टरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताए । रिजालले चिकित्सकका बस्नेतको १० लाख रुपैयाँ लिएका थिए । विराटनगरमा होलसेलको पनि डिर्लर संचालन गर्ने रिजाल व्यापारमा लगानी गर्न पैसाँ आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट १० लाख रुपैयाँ लिएको थिए ।

सापटी दिएको पैसा माग्दा चिकित्सक बस्नेतको कोठामा पुगेर रिजालले कुटपिट गरेको प्रहरीले जनाएको छ । ‘करिब तीन महिला अगाडी रिजालले १० लाख रुपैयाँ सापटी लिएर गएका थिए । केही दिन अगाडी मैले सापटी दिएको पैसाँ मागेको थिए । पैँसा माग्दा १९ पुसमा राती कोठामा आएर निर्घात कुटपिट गरेँ ।

कुटपिट गरेपछि दाहिने हातको साइली औलामा चोटपट लागेको छ । कुटपीट गरेपछि आफु विरुद्ध उजुरी गरे ज्यान मार्ने पनि धम्की दिए,’ डाक्टरले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । रिजालले कुटपिट गरेको घटना बाहिर सार्वजानि गरे नोबेल हस्पिटलको जागिर पनि खान नदिने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको जाहेरीमा उल्लेख छ ।

सापटी दिएको पैसाँ माग्दा रिजालले चिकित्सक बस्नेतलाई मानसिक र शारिरक रूपमा यातना पनि दिने गरेको आरोप छ । नेता रिजालले दिएको दिएको टचरको कारणले उनी बस्दै आएको दुध फारमको कोठा पनि छोडन बाध्य हुनुपरेको उनले बताएकी छिन् ।

पक्राउ परेका रिजाल विरामी भएको भन्दै अहिले विराटनगरस्थित कोशी अस्पताल भर्ना भएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ