२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ का स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन २ करोड निकासा

प्रदेश १ का स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन २ करोड निकासा


विराटनगर—कोरोना महामारीको बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको ‘जोखिम भत्ता’ दिन प्रदेश १ सरकारले बजेट निकास गरेको छ । कोरोना जनसुरक्षा कोषबाट प्रदेश १ को विभिन्न अस्पतालमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूको लागि कुल २ करोडरूपैयाँ जोखिम भत्ता प्रदेश सरकारले निकासा गरेको हो ।

त्यसैगरी, प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयका लागि ५० लाख ५० हजार रूपैयाँ निकास भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले प्राप्त गर्नुपर्ने ‘कोरोना जोखिम भत्ता’ वापतको रकम १४ वटै जिल्लामा पठाएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

संघीय र प्रदेश सरकारले कोभिडको महामारीमा प्रत्यक्ष उपचारमा संलग्न हुने फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई १०० प्रतिशत र अन्यलाई ५० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको लामो समय भइसक्दा पनि कोभिड नियन्त्रणमा फ्रन्टलाइनमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको गुनासो गर्दै आएका थिए । सरकारले घोषणा गरेको जोखिम भत्ता दिन उनीहरूले सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

२७ पुसमा बसेको जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा खटिएका स्वास्थ्यकर्मीका लागि भत्ता वापतको रकम निकासा गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्राललयका सचिव कार्कीले बताए । उनले कोरोनाको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीका लागि भत्ता वापतको रकम जिल्लाहरूमा पठाइएको जानकारी दिए ।

मन्त्रालयको लेखा शाखाकाअनुसार सबै जिल्लामा रकम पठाउने कार्य अघि बढेको जनाइएको छ । पठाइएको रकम कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश—२०७७ बमोजिम दोहोरो नपर्ने गरी सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ