२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यएक महिनाभित्र कोरोना संक्रमण दरमा ५० प्रतिशत गिरावट

एक महिनाभित्र कोरोना संक्रमण दरमा ५० प्रतिशत गिरावट


एक महिनाभित्र कोरोना संक्रमण पुष्टि हुने दरमा ५० प्रतिशत गिरावट आएको छ। गत ६ जनवरीमा विश्वभर एकैदिन ८ लाख ४५ हजारभन्दा बढी संक्रमणको केस देखिएको थियो। भने ६ फ्रेवअरीसम्म आइपुग्दा घटेर ४ लाख ९५ हजारमा पुग्यो।

यस्तै, मृत्युदरमा पनि २० प्रतिशत गिरावट आएको छ। जनवरीमा हरेक दिन १५ हजारजना संक्रमितको मृत्यु भैरहेको थियो। भने, अहिले १० देखि १३ हजारले ज्यान गुमाइरहेका छन्।

तर, अमेरिकामा भने अहिले पनि हरेक दिन १ लाखभन्दा बढी संक्रमित थपिने गरेका छन्। शनिबार मात्रै १ लाख ५ हजार भन्दा बढी संक्रमित थपिएका छन्। जनवरीसम्ममा हरेक दिन १ लाख ५० हजार देखि २ लाख २५ हजारसम्म केस देखिएको थियो।

विश्वमा अहिलेसम्म १० करोड ६३ हजारभन्दा बढी केस पुष्टि भैसकेको छ। जसमध्ये ७ करोड ७९ लाख ७० हजारभन्दा बढी संक्रमित ठिक भैसकेका छन्। भने २३ लाख १८ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्।

हालै विश्वभर गरेर २ करोड ५८ लाखभन्दा बढी संक्रमितको उपचार भैरहेको छ। जसमध्ये १ करोड संक्रमितको अवस्था नाजुक रहेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ