२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिरामी मृत्यु प्रकरण : उपचार खर्च मिनाह गर्ने भएपछि म्याक्स अस्पतालको तनाव साम्य

बिरामी मृत्यु प्रकरण : उपचार खर्च मिनाह गर्ने भएपछि म्याक्स अस्पतालको तनाव साम्य


विराटनगर – मोरङ जहदाका एक जना विरामीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगरको महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर तोडफोड भएको छ । मोरङको जहदा गाउँपालिका – ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएपछि आक्रोशित भिडले अस्पताल तोडफोड गरेका हुन् ।

गत पुस १६ गते खाना पकाउने क्रममा आगो लागेर रन्जनाको गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचार गर्न विराटनगरस्थित कोशी अस्पतल लगिएको थियो । कोशी अस्पतालमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भएपनि एम्बुलेन्स चालकले अस्पतालले दिने कमिसनको चक्करमा म्याक्स हस्पिटल लिएर आएको विरामीका देवर विरेन महतोले बताए । एम्बुलेन्स चालकले विरामी हस्पिटल पु¥याए वापत विरामी हेरि ५ सयदेखि १ हजार रुपैयाँ सम्म कमिसन दिने गरेका छन् ।

‘अस्पतालमा करिब डेढ महिना उपचार भयो । भाउजुको स्वास्थ्यमा कुनै सुधार आएको थिएन,’ विरेनले भने, ‘भाउजुको उपचार १७ धुर जग्गा बेचेर र चन्दा संकलन गरेर उपचार गरेका थियौं । हस्पिटल र चिकित्सकको लापरवाहीले बचाउन सनौं ।’ शुक्रबार दिउँसोसम्म राम्रोसँग बोलेको भाउजुको शनिबार विहान १ गते मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएको उनले बताए ।

तोडफोडबाट अस्पतालको मुख्य सीसाको ढोका र माथिल्लो तलाको सीसाको झ्याल तोडफोड भएको अस्पतालका प्रबन्धक निर्देशक हेमनारयण मेहताले जानकारी दिए । मृतकका आफन्तले नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएको भिडले अस्पताल तोडफोड गरेपछि अस्पताल अगाडी मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको थियो ।

विरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पताल अगाडी शनिबार दिउँसो दिनभरी नाराबाजी गरे । उनीहरूले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुको साथी पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका थिए । कारवाहीका माग राखेका पीडितका आफन्त र हस्पिटल प्रशासनबीच साझ बसेको बैठकले उपचार खर्च मिनाह गरिदिने भएपछि सहमति भएको छ ।

महतोको ४५ दिनसम्म उपचार गर्दा ८ लाख ६८ हजार रुपैयाँ भएको थियो । उपचार खर्च मिहान गरिदिने र औषधीको पैसाँ पीडित परिवारले दिने भएपछि सहमति भएको हस्पिटलका प्रबन्धक निर्देशक महतोले जानकारी दिए । औषधीको २ लाख २२ हजार बिल भएको छ ।

‘४५ दिन राखेर उपचार भएको ८ लाख ६८ हजार रुपैयाँ भएकोे थियो । आर्थिक अवस्था नाजुक भएको परिवार भएकोले हामीले उपचार खर्च मिनाह गरिदिएको हो,’ उनले भने, ‘हस्पिटलले उपचारको क्रममा कुनै लापरवाही भने गरेको छैन् ।’ अस्पतलाका जेनेरल सर्जन डा. सरोज यादवको नेतृत्वको टिमले उपचार गर्दै आएको थियो । बल्ड प्रेसर लो भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा विरामीको मृत्यु भएको उनले बताए । ‘विरामीको शरिर ७५ प्रतिशत जलेको थियो । हामीले निरन्तर उपचार गर्यौं तर, बचाउन सकिनौं,’ उनले भने ।

मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा रहेका छ । हस्पिटल र पीडित बिच सहमति भएपछि शनिबार साँझ उनीहरूले शव लिएर दहासंस्कारको लागि लगेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ