२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भ्याक्सिनको एक डोज पनि नपाउने यी राष्ट्रको कथा

कोरोना भ्याक्सिनको एक डोज पनि नपाउने यी राष्ट्रको कथा


विश्वका धनी राष्ट्रमा कोरोना विरुद्धको खोप अभियान तीव्ररुपमा चलिरहेको छ। तर कयौं देश अझै पनि भ्याक्सिनको पर्खाइमा छन्। विज्ञहरुले भ्याक्सिनको असमान वितरणले महामारीलाई नियन्त्रण गर्ने प्रयासलाई असफल बनाउन सक्ने बताएका छन्।

विश्वका कयौं क्षेत्रमा कोरोना संक्रमण पुन फैलिरहेको छ। केसहरु बढिरहेको  छ। भाइरसको पहिलाको प्रजाति भन्दा पनि घातक नयाँ-नयाँ प्रजातिको संक्रमण बेलायत, साउथ अफ्रिका, ब्राजील, भारत, जापान, फिनल्याण्ड लगायतका कयौं देशमा लगातार देखिरहेको छ। यस्तो समयमा भ्याक्सिनलाई लिएर विश्वमा एक अर्को लडाइ जारी छ ।

विश्वका कयौं देशमा भ्याक्सिनलाई लिएर अर्को लडाई चलिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यसलाई राष्ट्रवादको नाम दिएका छन् । उनले यस्तो कार्यबाट भविष्यमा हुनसक्ने खतरालाई लिएर पटक-पटक चेतावनी दिँदै आएका छन् । विश्वमा अहिले करिब ८७ देशमा कोरोना विरुद्ध खोप अभियान संचालन भैरहेको छ । २० करोड मानिसले खोप प्राप्त गरिसकेका छन् । तर त्यसभन्दा पनि कयौं गुणा बढी जनसंख्या भएको देश अझै भ्याक्सिनको पहुँचबाट टाढा नै छन् ।

दैनिक खोप अभियानको औसत ६५ लाख २ हजार ८ सय ५३ छ र यदि यस गतिमा नै खोप कार्य चल्यो भने विश्वभर गरेर ७५ प्रतिशत जनसंख्यालाई दुई डोज ४ वर्ष ८ महिना लाग्न सक्ने भन्दै विज्ञहरु यस समस्यालाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् । यस महामारीबाट छुट्कारा पाउन लामो समय लाग्ने उनीहरुको भनाई छ ।

भ्याक्सिनमा राष्ट्रवादलाई किन मान्ने खतरा?

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले यसबारेमा स्पष्ट पार्दै भनेका छन्, ‘१ सय ३० भन्दा बढी देशमा भ्याक्सिनको एक मात्रा पनि पुगेको छैन जबकि विश्वमा प्रयोगको लागि स्वीकृती पाएको भ्याक्सिनको ७५ प्रतिशत डोजमा मात्र १० देशको कब्जा छ ।’ उनका अनुसार अभियानको पहिलो स्थानमा अमेरिका छ जहाँ ५ करोड ७o लाख मानिसलाई भ्याक्सिन उपलव्ध गराइएको छ । अमेरिका पछि यस दौडमा चीन र त्यसपछि यूरोपीय यूनियनका राष्ट्रहरु छन् । बढी जनसंख्या भएको देशमा हेर्ने हो भने युनाइटेड अरब इम्रेट्सले ८० प्रतिशत र इजरायलले ५४ प्रतिशत नागरिकलाई एक डोज दिइसकेको छ ।

अफ्रिकालाई लिएर विश्वलाई किन चिन्ता ?

विश्व समुदायलाई अब चिन्ता त गरिब र मध्यम आयस्तर भएको देशहरु प्रति छ जहाँ कोरोनाको प्रसार एकदम नै ढिला पुग्यो जुन हालै तीव्र रुपमा फैलिरहेको छ । तर खोपको एक डोज पनि अहिलेसम्म त्यहाँ पुगेको छैन । ती देशहरुमा सस्तो मूल्यमा भ्याक्सिन उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले कोभ्याक्स नामक भ्याक्सिनलाई पहल गरिरहेको छ । तर ठुला राष्ट्रद्वारा गरिएको ओभर बुकिङ्गको कारण सम्भव हुन सकेन । संयुक्त राष्ट्रसंघका अनुसार खोपको एकप्रकारको तछाडमछाडको कारण महामारीको रोकथाममा लाग्ने समय बढ्नेछ र विश्व नै अब यो खतरा उठाउन तयार रहनपर्छ ।

के हो खतरा ?

भ्याक्सिनको असमान वितरणलाई लिएर आउने खतराबारे चेतावनी दिँदै ‘नर्थइस्टर्न युनिभर्सिटी स्कुल अफ ल’का प्रोफेसर ब्रुक बेकर भन्छन्, ‘एक देशको एक भागमा मानिसलाई भ्याक्सिन लगाउने वा विश्वका केहि देशका नागरिकलाई भ्याक्सिन लगाइदिनाले खतरा कम हुँदैन । यसको खतरा त्यसबाहेक अन्तै भएको देखिन्छ ।’

‘यस्तो खोप कार्यक्रमले तपाई आफ्नो जनसंख्यालाई सुरक्षा दिंदैन तर तपाईलाई सुरक्षित भएको भ्रम भैरहेको छ ।, ‘उनले भने । वास्तवमा अफ्रिकी देशलाई लिएर विश्वस्तरमा सबैभन्दा बढी चिन्ता जताइएको छ । दक्षिण अफ्रिकाको महाद्वीपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो जहाँ १५ लाखभन्दा बढी संक्रमित छन् । ५० हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । कोरोनाको नयाँ प्रजाति साउथ अफ्रिकामा सङ्कट झन् बढाइदिएको छ । यस साताबाट खोप अभियानको कार्य पनि सुरु भएको छ तर सिमित संख्यामा मात्रै डोज आएको छ । जसकारण संकट जारी रहने अझै पनि खतरा छ ।

भाइरसको संकटलाई जति लामो तान्यो त्यति नै सङ्कट लामो अवधिसम्म रहने विज्ञहरु बताउँछन् । साउथ अफ्रिकामा पछिल्लो वर्ष मार्चमा सुरु भएको लकडाउन पछि ३० प्रतिशत बेरोजगारीको दर बढेको छ । हालै कोरोनाको दोस्रो लहरलाई लिएर विश्व चिन्तित छ ।

१७ देश रेड जोनमा

बढ्दो केस र नयाँ प्रजातिलाई लिएर अफ्रिकाको १७ देशलाई ब्रिटेनले रेड जोनमा राख्दिएको छ । अंगोला, बोत्सवना, बुरुण्डी, केप भे रेन्ड़े, डीआरसी, एसभैतिनी, लेसोथो, मलाभी, मोरिशस, मोजाम्बिक, नामीबिया, रभन्डा, सेशेल्स, साउथ अफ्रीका, तन्जनिया, जाम्बिया, जिम्बाबे समेत कयौं देशमा बढ्ने खतरा र भ्याक्सिनसम्म पहुँच नहुँदा दोस्रो देशको लागि पनि खतरा साबित हुनसक्छ ।

यहाँ धेरै देशहरू अझै पनि कोरोना संकटको खतरालाई वेवास्था गरी वास्तविक डाटा स्वीकार्न तयार छैनन्। डब्ल्यूएचओको अपीलको बाबजुद, तन्जानियाको सरकारले कोरोनाको तथ्यांक साझा गरिरहेको छैन तर उनीहरुले करोनाको वास्तविक केसलाई नस्वीकारेको अवस्था छ। तन्जानियामा कोरोनाबाट उप- राष्ट्रपतिका शेफको मृत्यु भयोतर सरकार कोरोना संक्रमणलाई खुल्लमखुल्ला स्वीकार गर्न तयार छैन।

तान्जानियाका राष्ट्रपतिले खोपलाई खतरनाक भएको बताउँछन् र भन्ने गर्छन, ‘यदि खोप साच्चै विश्वासिलो भए एड्स, औलो र क्यान्सर रोगको पनि खोप बन्ने थियो।’

अफ्रिका बाहेक, संसारका अन्य धेरै क्षेत्रहरू छन् जुन विश्वका बारे चिन्तित छन्। ७ देशहरूमा यो छलफल सुरु भएको छ कि उनीहरूको कोटाबाट ४ देखि ५ प्रतिशत खोप त्यस्तो देशहरूमा दिइनु पर्छ जहाँ यो खोप अहिलेसम्म पुगेको छैन।

युरोपको माग बढिरहेको छ कि मध्यपूर्व देशहरू र बाल्कन राष्ट्रहरूले यसको खोप लागू नगरीकन आफ्नो अर्थव्यवस्था र एयरलाइन्स खोल्न कुनै फाइदा नहुने बताइएको छ ।

गरीब देशहरूले यो खोप कहिले र कसरी पाउनेछन ?

बाक्लो जनसंख्या र आर्थिक अवस्था सुधारमा काम गर्ने सँस्थाले जानकारी दिए अनुसार सम्पन्न राष्ट्रले पहिला नै भ्याक्सिनको बुक गरेका छन्।
कम र मध्यम आय भएका देशहरूले अब खोपका लागि ठूला कम्पनीहरूसँग वार्ता गरिरहेका छन तर कम्पनीहरूले पहिले बुक गरेर डोजको आपूर्ति गरिरहेकोले अझै एक चुनौती थपिएको छ। नयाँ अर्डरहरूको आपूर्ति त्यसपछिको चरणमा हुन सक्छ। मोडर्ना जस्ता कम्पनी जससँग भ्याक्सिनको माग सबैभन्दा बढि छ तर कुनै पनि नयाँ देशमा आपूर्ति शुरू गर्न १२ महिना भन्दा कम समय लाग्दैन /

खोप अभियान पछि पनि खतरा उस्तै

विश्वभर गरेर कोरोनाको दुई करोड भन्दा बढी सक्रिय केस छ। ४ लाख भन्दा माथि नयाँ केस दैनिक थपिरहेका छन्। त्यस्तै, दैनिक ११ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्। भारत, रूस, अमेरिका, ब्राजील, ब्रिटेन जस्ता कयौं मुलुकमा कोरोनाको दैनिक देखिरहेको नयाँ केस अझै चिन्ताको विषय बनेको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ