२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दृष्टिदोष निराकरण गर्न भिजन भ्यान बस, ३ वर्षमा ३ लाखको आँखा परीक्षण गरिने

दृष्टिदोष निराकरण गर्न भिजन भ्यान बस, ३ वर्षमा ३ लाखको आँखा परीक्षण गरिने


विराटनगर—आँखामा हुने समस्या र दृष्टिदोष निराकरणका लागि विराटनगरस्थित विराटनगर आँखा अस्पतालले भिजन भ्यान बस सेवा सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको पहुँचमा पुग्न भिजन भ्यान सेवा सुरु गरेको हो ।

भिजन भ्यानमा विद्यार्थीहरुको आँखा परीक्षणपछि शल्यचिकित्साको आवश्यता भए अस्पतालले निःशुल्क उपचार गराउने जनाएको छ ।

कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले सामुदायिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम सबै क्षेत्रमा पुग्न सक्नेमा जोड दिए ।

विद्यार्थीको आँखामा देखिने समस्याको उपचारमा भिजन सेवाले निरन्तरता पाउनेमा आशावादी रहेको बताउँदै प्रमुख पराजुलीले आर्थिक रुपमा कमजोर र विपन्न वर्गमा भिजन भ्यानको सेवा सकारात्मक हुने बताएका छन् ।

विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामुदायिक विद्यालयमा ३ प्रतिशत रहेको र संस्थागततर्फ ९ प्रतिशत रहेको अस्पतालले जनाएको छ । अस्पतालले यस सेवाबाट आउँदो ३ वर्षसम्म करिब ३ लाख बालवालिकाको आँखा परीक्षण गर्दै चश्मा वितरण गर्नेछ ।

४२ लाख ७२ हजार रुपैयाँको लागतमा सञ्चालनमा आएको भिजन भ्यानमा दृष्टि परीक्षण, टोनोमिटर, चश्मालगायतको सुविधा रहेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । भिजन भ्यानका लागि नेपाल नेत्र ज्योति संघले १० लाख र अरविस इन्टरनेशनलको ३२ लाख ७२ हजार रुपैयाँ लगानी रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ