२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. रोहितद्वारा एकैदिन १४ जनाको ल्याप्रोस्कोपीक विधिबाट शल्यक्रिया

डा. रोहितद्वारा एकैदिन १४ जनाको ल्याप्रोस्कोपीक विधिबाट शल्यक्रिया

रेकर्ड कायम गरेको डा. यादवको दाबी


विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डा. रोहितप्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् ।

अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपीक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो ।

एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा. यादवको दावी छ ।

‘एकैदिन १०र१२ जनासम्मको शल्यक्रिया गरेको सुनेको थिए । तर, एउटै सर्जनले एकैदिन त्यो भन्दा बढी शल्यक्रिया गरेको रेकर्ड हालसम्म थाहा छैन,’ डा.यादवले भने, ‘एकैदिन एउटै सर्जनले १४ जनाको सर्जरी गरेको सम्भवतः यो नेपालमै पहिलो रेकर्ड हो ।’

शल्यक्रिया गरिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । शनिबारसम्म १४ जना नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

१६ बर्षदेखि शल्यक्रियामा सक्रिय डा. यादव विगत अढाई वर्षदेखि नोबेल मेडिकल कलेजमा कार्यरत छन् । हालसम्म करिब १० हजार बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेको डा.यादवको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ