२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअक्सफोर्डको कोरोना खोपको दोस्रो डोज लिनेहरुमा देखियो साइड इफेक्ट

अक्सफोर्डको कोरोना खोपको दोस्रो डोज लिनेहरुमा देखियो साइड इफेक्ट


बेलायतमा वृहत स्तरमा गरिएको एक अध्ययनमा कोरोना भ्याक्सिनको साइड इफेक्ट धेरैमा देखिएको छ। बेलायतको अक्सफोर्ड यूनीभर्सिटीद्वारा विकसित गरिएको कोरोना भ्याक्सिन एस्ट्राजेनेकाको पहिलो डोज पछि दोस्रो डोज लिने व्यक्तिहरुमा साइड-इफेक्ट देखिएको हो।

अकसफोर्डको भ्याक्सिन लिने दश जना मध्ये ३ भन्दा बढी व्यक्तिले साइडइफेक्टको सामना गरिरहेको विशेषज्ञहरुले दावी छ। यसको तुलनामा फाइजर कम्पनीको भ्याक्सिनको दोस्रो डोज लिने व्यक्तिमा साइड-इफेक्ट कमै मात्र पाइएको छ।

कोरोना भाइरसबाट बच्नको लागि ब्रिटेनमा फाइजर-बायोनटेक र अक्सफोर्ड- एस्ट्रेजनेकाको खोप अभियान चलिरहेको छ। उक्त अध्ययन केसीएल र स्वास्थ्य प्रौद्योगिकी कम्पनी जेओई (ZOE) द्वारा विकसित कोभिड-१९ लक्षण ट्रयाकिङ्ग एपको प्रयोग गरिरहेका ७ लाख भन्दा बढी मानिसमा गरिएको हो जसले खोप लगाएका थिए।

कोभिड-१९को लक्षण ट्रयाकिङ्ग अध्ययनको तथ्यांकमा बेलायतको ३० प्रतिशत व्यक्तिले आफ्नै देशमा विकास गरिएको खोप लगाएका छन्। त्यसपछि उनीहरुमा टाउँको दुख्ने, थकाई लाग्ने, ज्वरो जस्ती लक्षण देखिएको थियो। यसको तुलनामा लगभग १५ प्रतिशत ती व्यक्तिमा गरियो जसले फ़ाइजरको खोप् लिएपछि साइड-इफेक्टको सुचना दिए।

अध्ययन गर्ने लन्डनको किङ्ग्स कलेजका अनुसन्धानकर्ताहरुले साइड-इफेक्ट्स देखिएपनि अभियानलाई रोक्न नहुने बताए। किनभने यो कोरोना बिरामी रोक्न र जीवन बचाउनको लागि निकै प्रभावकारी मानिएको छ।

अहिलेसम्म बेलायतमा २ करोड १ लाख मानिसले फ़ाइजर र अक्सफोर्डको पहिलो डोज लिएका छन् भने लगभग ८ लाख ५० हजार मानिसले दोस्रो डोज प्राप्त गरिसकेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ