२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना खोप लगाएर मध्यपान गरेका जाजरकोटका वृद्धको मृत्यु

कोरोना खोप लगाएर मध्यपान गरेका जाजरकोटका वृद्धको मृत्यु


जुम्ला—कोरोना विरुद्धको खोप लगाएर मध्यपान गरेका जाजरकोट जिल्लाका एक वृद्धको मृत्यु भएको छ । बारेकोट गाउँपालिका—८ वण्डालाका ७० वर्षीय तिलकबहादुर बोहोराको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो ।

जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा थप उपचारका लागि लगिएका बोहोराको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले बताए ।

प्रमुख पुनकाअनुसार बोहोराको फागुन २९ गते मृत्यु भएको हो । बोहोराले फागुन २४ गते कोरोना विरुद्धको खोप लगाएको बुझिएको छ । १२ बजे खोप लगाएका ती व्यक्ति ५ बजेदेखि मद्यपान गर्न थालेका थिए  । मध्यपान गरेका उनी बाटोमा बेहोस अवस्थामा राति ८ बजे परिवारले फेला पारेर घर लगेका थिए । त्यसपछि भोलिपल्ट उनलाई जाजकोट अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज रेफर गरिएको थियो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बिरामी अस्पताल आउँदा टाउकोमा चोट रहेको जानकारी दिए । ‘भेरी अस्पतालमा ल्याउँदा टाउकोमा चोट थियो,’ उनले भने, ‘सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखियो ।’ डा. थापाले जाजरकोटबाट ल्याइएका बिरामीको क्लिनिकल हिस्ट्रीमा कोभिड खोप लगाएको, मध्यपान सेवन र लडेर चोटपटक लागेको उल्लेख रहेको बताए ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सो विषयमा जानकारी आएको र खोपपछि हुने अवाञ्छित घटनाका सम्बन्धमा छानविन गर्न बनेको समितिमा छलफल भइरहेको बताए । ‘प्रारम्भिक जानकारीमा खोप लगाइसकेपछि अल्कोहल खाएर लडेपछि चार वटै हाटखुट्टा नचल्ने भएर हिजो साँझ नेपालगन्ज रिफर गरेको र हिजै एक्सपायर भएको रिपोर्ट आएको छ,’ डा. गौतमले भने, ‘त्यसको प्रतिवेदन लिएर हामी अनुसन्धान समितिमा राख्दैछौं । समितिमा प्रारम्भिक छलफल गरिसकेका छौं, विस्तृत अध्ययन हुँदैछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ