२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंजाको कनकासुन्दरीमा ३३० बालबालिकाको पोषण स्क्रिनिङ

सिंजाको कनकासुन्दरीमा ३३० बालबालिकाको पोषण स्क्रिनिङ


जुम्ला—जुम्लाको सिंजा भेगमा पर्ने कनका सुन्दरी गाउँपालिकामा शिविर सञ्चालन गरी ३३० जना बालबालिकाको पोषण स्क्रिनिङ गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोषण पुनःस्थापना गृह र हाँडसिंजा स्वास्थ्य चौकीको पोषण पुनस्थार्पना गृहको समन्वयमा पोषण स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो ।

हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार ३३० जना बालबालिकाको पोषण स्क्रिनिङ गरिएको हो । पोषण स्क्रिनिङ गरिएका बालबालिका मध्ये ३५ जना कुपोषण बालबालिका स्क्रिनिङ भएका हुन् ।

उनले भने १५ जना बालबालिकालाई हाँडसिंजा स्वास्थ्य चौकीको पोषण गृहमा राखेर उपचार गरिने भएको छ । २० जना बालबालिकालाई यहाँको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पोषण पुनस्थार्पना गृहमा रिफर गरिएको छ ।

अहिले पनि स्वास्थ्य चौकीको पोषण गृहमा १२ जनाको उपचार भइरहेको छ । ‘मध्यम कुपोषित भएका यही केन्द्रबाटै २० जना बालबालिकालाई उपचारपछि घर पठाएका छौँ । अहिले दिउँसो मात्रै पोषण गृह सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘प्रतिष्ठानको पोषण पुनःस्थापना गृहमा रिफर गरिएका बालबालिकाका अभिभावक सोमबार पुनः सम्पर्कमा आउने छन् ।’

यहाँदेखि प्रतिष्ठानसम्म लैजानका लागि यातायात भाडाको व्यवस्थापनका लागि गाउँपालिकासँग समन्वय गर्ने तयारी गरेको उनले बताए ।

सोमबार सम्पर्कमा आएपछि अभिभावकको छलफलपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना गृहमा पठाइनेछ ।

प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनःस्थापना गृह सञ्चलानमा ल्याएर निःशुल्क सेवा गर्दै आएको छ । पोषण पुनःस्थापना गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ ।

२० दिनसम्म पोषण पुनःस्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाएर घरमा पुनःस्थापना गरिएको पोषण पुनःस्थापना गृहका संयोजक निशान्त लामाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिमका ३ जिल्लाका कुपोषण बालबालिकालाई पोषण पुनःस्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाउन आग्रह गरिएको छ ।’

कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका कुपोषण पीडित बालबालिका ७ दशमलव ५ प्रतिशत, कम तौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा (पुड्का) बालबालिकाको तथ्यांक रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ