२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित


काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा ६८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। यसवर्ष भारतमा एकैदिन काेराेना संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च देखिएकाे हो।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल संक्रमितको संख्या बढेर १ करोड २० लाख पुगेको छ। तथ्याङ्क अनुसार लगातार बढेर १९ औं दिनमा संक्रमणको केसमा वृद्धि देखिएको छ।

हाल ५ लाख २१ हजार भन्दा बढी संक्रमितको उपचार भैरहेको छ। मन्त्रालयको अनुसार कोरोना बिरामी निको हुने दर घटेर ९४.३२ प्रतिशत पुगेको छ।

भारतमा कोरोनाबाट हालसम्म १ लाख ६१ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ