काठमाडौं—१९ प्रतिशत नेपालीले मात्र सबै किसिमका मापदण्ड पूरा गरेको सवच्छ पानी पिउने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक विभागले निकालेको खानेपानी र सरसफाइ सम्बन्धि—२०१९ मा गरेको अध्ययनले त्यस्तो देखाएको हो ।
विभागले अघिल्लो महिना (२१ फेब्रुवरी)मा सार्वजनिक गरेको सो तथ्यांकमा ७६ प्रतिशत जनताले आधारभूत मापदण्ड पूरा भएका पानी पिउने गरेको देखाएको छ । त्यसैगरी, २ प्रतिशतले केही मापदण्डमात्र पुगेको पानी सेवन गर्ने गरेको र ३ प्रतिशतले पिउन योग्य नै नभएको पानी सेवन गरिरहेको देखाएको छ ।
सात प्रदेशमध्ये कर्णाली प्रदेशका ४ प्रतिशत जनताले मात्र शुद्धताका सबै किसिमका मापदण्ड पूरा गरेको पानी पिउने गरेको देखाएको छ । त्यहाँ ८५ प्रतिशतले आधारभूत मापदण्ड पुगेको, ६ प्रतिशतले सुधार गर्नुपर्ने र ५ प्रतिशतले पिउन योग्य नै नभएको पानी पिइरहेको उल्ल्ेख छ ।

शुद्धताका मापदण्ड पुगेको पानी पिउन पाउनेमा सबैभन्दा बढी प्रदेश १ का जनता रहेका छन् । त्यहाँ ३५ प्रतिशत जनताले शुद्ध पानी पिउन पाएको तथ्यांकमा उल्लेख छ । प्रदेश १ मा ६१ प्रतिशतले आधारभूत, १ प्रतिशत सुधार गर्नुपर्ने र ३ प्रतिशतले पिउन योग्य नभएको पानी सेवन गरिरहेको छन् ।
प्रदेश २ मा २१ प्रतिशतले सबै मापदण्ड पूरा गरेको, ७३ प्रतिशतले आधारभूत मापदण्ड पुगेकोे, ३ प्रतिशत सुधार गर्नुपर्ने र २ प्रतिशत पिउन योग्न नभएको पाइएको छ ।
बाग्मती प्रदेशमा १५ प्रतिशतले सबै मापदण्ड पूरा गरेको, ८० प्रतिशत पिउन योग्य, ३ प्रतिशत सुधार गर्नुपर्ने र २ प्रतिशतले पिउन योग्य नभएको पानी सेवन गरिरहेका छन् । त्यस्तै, गण्डकी प्रदेशका १० प्रतिशत जनताले मात्र पूर्ण शुद्धताका मापदण्ड पूरा भएको पानी सेवन गरिरहेका छन् । त्यसमा ८४ प्रतिशत सामान्य पिउन योग्य, २ प्रतिशत सुधार गर्नुपर्ने र ३ प्रतिशत पिउन नै अयोग्य पानी पिइरहेका छन् ।
लुम्बिनी प्रदेशका १५ प्रतिशतले पूर्ण शुद्धता, ८३ प्रतिशतले आंशिक शुद्धता, १ प्रतिशतले सुधार गर्नुपर्ने र २ प्रतिशतले पिउन नमिल्ने पानी सेवन गर्ने देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशतले पूर्ण शुद्ध भएको, ७८ ले सामान्य शुद्ध भएको, २ प्रतिशतले केही मापदण्ड पूरा भएको र ४ प्रतिशतले कुनै मापदण्ड पूरा नभएको पानी सेवन गरेको पाइएको छ ।