२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्राजिलद्वारा अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द

ब्राजिलद्वारा अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द


ब्राजिलले अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द गरेको छ । अमेरिकापछि सबैभन्दा प्रभावित बनेको ब्राजिलले औषधीको राम्रो उत्पादन अभ्यास (GMP) नभएको भन्दै अर्डर गरेको २ करोड डोज रद्द गर्ने निर्णय भएको जनाएको हो।

ब्राजिलले राम्रो उत्पादन अभ्यास (GMP)को नियम उल्लघन भएको भन्दै खोप आयात नगर्ने निर्णय भएको उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार हालै यस विषयमा निर्माण कम्पनीले कुनै प्रतिक्रिया जनाइसकेको छैन। ब्राजिलले आपातकालीन प्रयोगको लागि ८ मार्चमा कम्पनीलाई आवेदन दिएको थियो। भने गत महिनामा ब्राजिलके २ करोड डोजको माग गरेको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ