२०८२ चैत्र ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको सिनेट बैठक बस्दै : बिरामी र अस्पताल सुधारका एजेण्डा नै छैनन्

न्याम्सको सिनेट बैठक बस्दै : बिरामी र अस्पताल सुधारका एजेण्डा नै छैनन्


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठक बस्ने भएको छ । २२ चैतका लागि तय भएको प्रतिष्ठानको कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले सिनेट बैठक २२ चैतमा बस्ने निर्णय गरेको हो ।

वीर अस्पताल कर्मचारी निकट स्रोतकाअनुसार न्याम्स कार्यलयमै बस्ने भएपति परिषदको बैठकमा कर्मचारी चिकित्सकले माग राखेर समस्या सिर्जना गर्ने देखिएपछि सुटुक्क कतै गोप्य स्थानमा बसेको थियो ।

‘न्याम्स पदाधिकारीहरुले कार्यलय बाहिर पहिलो पटक बैठक बसेर सभा बस्ने निर्णय गरेका छन्,’ वीरका एक कर्मचारी भन्छन्, ‘तर, कर्मचारीहरुले राखेका माग परिषद बैठकबाट पारित गरेर सभामा लैजान माग गरेका छौं ।’

कर्मचारीहरुले सभा अध्यक्ष एवं स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पनि माग सम्बोधनका लागि मागपत्र बुझाएका छन् । माग सम्बोधन नभएर कडा कदम चाल्ने बाध्य हुने चेतावनी वीर अस्पतालका कर्मचारी युनियनहरुले दिएका छन् ।

कर्मचारीका मागहरू


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ