२०८३ जेठ २८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र

अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र

तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता निलम्बन


काठमाडौं-बालुवाटारस्थित मारिया हस्पिटल (मारिया हेल्थ सेन्टर प्रा.लि) बिना दर्ता अवैद्य रुपमा सञ्चालन गरेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको टोलीले १ जेठमा गरेको अनुगमनका क्रममा उक्त हस्पिटल बिना अनुमति गैरकानुनी रुपमा सञ्चालन गरेको र विदेशी चिकित्सकहरुले अवैध रुपमा स्वास्थ्य परीक्षण गरेको पाइएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलगन तीन जना चिनियाँ नागरिक डा. सिएनलिन, डा. चेन सिएलिन र डा. लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गर्दै उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न काउन्सिलले निर्देशन दिएको छ ।

निमित्त रजिस्ट्रार  डा. पाण्डेकाअनुसार अवैध रुपमा सञ्चालन गरिएको उक्त अस्पताललाई तत्काल सिलबन्दी गर्न र कारवाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई काउन्सिलले पत्राचारसमेत गरिसकेको छ ।

यस्तै, भिसा शर्त विपरित काम गर्ने चिनियाँ नागरिकहरुको गैर पर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय विस्तृत प्रतिवेदन पठाएको पनि उनले जानकारी दिए । काउन्सिलले दर्ता नै नगरी अवैध रुपमा हस्पिटल सञ्चालन गरिएको सूचनाका आधारमा मारिया हेल्थ सेन्टरमा अनुगमन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ