२०८३ जेठ २६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने

नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने

यस्ता छन् काउन्सिलका १८ निर्णय


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता (लाइसेन्स) परीक्षा काठमाडौं बाहिरबाट समेत सञ्चालन गर्ने निर्णय गरेको छ । १८ जेठमा बसेको काउन्सिलको पूर्ण बैठकले लाइसेन्स परीक्षा काठमाडौं बाहिरबाट समेत सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘अनुमति पत्र परीक्षा विकेन्द्रीकरण सम्बन्धी अध्ययन प्रतिवेदन पारित गर्ने तथा आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौं बाहिरबाट समेत सञ्चालन गर्ने निर्णय गरियो,’ काउन्सिलको निर्णयमा छ । यसअघि काउन्सिलले काठमाडौंमा मात्रै लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको थियो ।

यस्तै, काउन्सिलले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम पास गर्ने निर्णय गरेको छ । नेपाल मेडिकल काउन्सिलको ऐन तथा नियमावली संशोधनका लागि कार्यबाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाको संयोजकत्वमा कार्यदल गठन गर्दै तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

काउन्सिलको पूर्ण बैठकले चिकित्सकहरुको शैक्षिक योग्यता तथा डिग्री अद्यावधिक गर्ने तथा नेशनल मेडिकल रजिष्ट्री प्रक्रिया अगाडि बढाउने, अवैद्य चिकित्सकीय अभ्यास नियन्त्रणका लागि एन्टी क्युकेरी गाइलाइन, २०८३ लाई सैद्धान्तिक स्वीकृती प्रदान गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ