२०८३ असार १, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी


काठमाडौं—स्वयंम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेड (नेको) अध्यक्षमा राजेन्द्र पाण्डे भारी मतले विजयी भएका छन् । आइबार भएको संघको २० औं वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी पाण्डेले ३५६ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी ई. गम्भीरलाल श्रेष्ठले २४८ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका शिवप्रसाद सिम्खडाले १०२ मत पाए ।

उपाध्यक्ष पदमा डा झलक शर्मा गौतम २९१ र हरिप्रसाद उप्रेती ३०१ मतका साथ विजयी भए । यस्तै, सचिव पदमा टेकबहादुर बम २९३ मतका साथ निर्वाचित भए । सहसचिव राजु ढकाल २७६ मतका साथ विजयी भए भने कोषाध्यक्षमा चुनावेदी केसी खड्का २४३ मत ल्याएर विजयी भइन् ।

सदस्यहरुमा ईश्वरी खनाल २७१, लक्ष्मी राई २८३, शोभा सापकोटा ३११, डा. रविन्द्र रेग्मी ३१६ र बोधकुमार अधिकारी २८३ मतका साथ विजयी भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ