२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोरोना कहर : उपचारको अभावमा चिकित्सकले नै गुमाए ज्यान

भारतमा कोरोना कहर : उपचारको अभावमा चिकित्सकले नै गुमाए ज्यान


भारतमा उपचार नपाएर कोरोना संक्रमित एक डाक्टरको निधन भएको छ। पीएमसीएचका डा. ललन प्रसादको समयमा शैय्या र अक्सिजन नपाएको कारण निधन भएको हो।

भारतीय संचार माध्यमका अनुसार मृतक डाक्टरको परिवारजनबाट प्राप्त जानकारी अनुसार अस्पतालमा भर्नाको लागि सरकारी देखि निजी अस्पतालमा धाउँदा पनि शैय्या मिलेन जसले गर्दा उनको शनिबार राति मृत्यु भएको हो।

उपचार बिना नै दिन रात उपाचार खटिने डाक्टरको मृत्यु प्रति चिकित्सकहरुले दुख व्यक्त गरेका छन् ।

हाल भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यहाँ दिनानुदिन संक्रमित बढेसँगै सरकारी तथा निजी अस्पतालहरु भरिएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ११ जना संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाएको खबर समेत प्राप्त भएको छ। भने, शव व्यवस्थापन गर्ने ठाउँ समेत नहुँदा अहिले भारत तनाव ग्रस्त बनेको छ।

शनिबार मात्रै यहाँ २ लाख ६१ हजार सङ्क्रमित थपिएका छन् भने १५०० जना संक्रमितले ज्यान गुमाएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ