२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फ्रन्टलाइनर स्वास्थ्यकर्मीको माग प्रदेश सरकारले सुनेन, सामूहिक राजीनामा दिने चेतावनी

फ्रन्टलाइनर स्वास्थ्यकर्मीको माग प्रदेश सरकारले सुनेन, सामूहिक राजीनामा दिने चेतावनी


विराटनगर—विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूका माग प्रदेश सरकारले सुनवाई नगरेपछि आन्दोलित भएका छन् । उनीहरू राखेका विभिन्न माग सामाजिक विकास मन्त्रालयले सुनवाई नगरेपछि सोमबारदेखि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।

यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले रोकिएको जोखिम भत्ता पाउनुपर्ने, करार अवधिलाई निरन्तरता दिनुपर्र्ने, कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनको व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् । स्वास्थ्यकर्मीहरूले राखेका माग प्रदेश सरकारले वेवास्ता गरेपछि ८ जना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्सले सामूहिक राजीनामा दिने चेतवनी दिएका छन् ।

‘हामीले राखेका जायज माग एक साता भित्रमा प्रदेश सरकारले पूरा नगरे सामूहिक राजीनामा दिनेछौं,’ आन्दोलनको नेतृत्व गरेका डा. पंकज महरानले भने, ‘हामीले राखेको मागलाई प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयका सचिवले गम्भीर रूपमा लिनुभएको छैन । हामीले एक साताको समय दिएका छौं । माग सुनवाइन नभए सामूहिक राजीनामा दिएर हिडनेछौं ।’

संक्रमित बिरामीको उपचारमा खटिएका यहाँका स्वास्थ्यकर्मी व्यवस्थित क्वारेन्टिन नहुँदा घर जानुपर्ने अवस्था रहेको उनले बताए । ‘दैनिक १५ देखि १७ घण्टा संक्रमितको उपचारमा यहाँका चिकित्कसहरू खटिने गरेका छन् । आराम गर्ने क्वारेन्टिन छैन । अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मी जोखिम मोलेर घर जानुपर्ने अवस्था छ,’ डा. पंकजले भने, ‘क्वारेन्टिनको व्यवस्था गरिदिनुभन्दा सरकारले सुनेको छैन ।’

यसअघि पनि जोखिम मोलेर उपचार गर्दाको जोखिम भत्ता नपाएको उनीहरूको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ