२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संक्रमितले समयमै उपचार नपाएपछि…

संक्रमितले समयमै उपचार नपाएपछि…


विराटनगर – विराटनगर – ३ घर भएका ६० वर्षीय
गुणराज श्रेष्ठलाई कोरोना संक्रमण भएपछि शुक्रबारदेखि होमआइसोलेशनमा बसेका थिए । दूध विकास संस्थानका अवकासप्राप्त कर्मचारी श्रेष्ठलाई एक्कासी अक्सिजनको मात्र कमी भएर श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो साढे ११ बजे परिवारले उपचारका लागि विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा लिएर आएका थिए ।

अस्पतालका स्वास्थ्यकर्मीहरूले समयमै उपचार नगर्दा मृत्यु भएको परिवारको आरोप छ । आइसीयुमा राखेर उपचार गर्न ढिलो हुँदा बुवाले ज्यान गुमाएको कान्छा छोरा सन्जिव श्रेष्ठले बताए ।

‘शुक्रबार संक्रमण देखिएपछि बावु होम आइसोलेशनमा बस्नुभएको थियो ।घरमै अक्सिजन लगाएर प्राथामिक उपचार गर्दै आएका थियौं,’ छोरा सन्जिवले भने, ‘आइतबार विहान अक्सिजन सकिन लागेपछि दिउँसो कोशी कोभिड उपचार केन्द्रमा लिएर गयौं ।’ अस्पताल परिसर भित्र पुग्दा पूर्व जानकारी नदिकन ल्याएको भन्दै स्वास्थ्यकर्मीहरूले बुवालाई उपचारको लागि भित्र नलगेपछि आफैले लिएको गएको उनले बताए । ‘एम्बुलेन्सबाट निकालेर बुवालाई कोभिड अस्पतालको आइसियू वाडमा पु¥याए । अनि मात्र स्वास्थ्यकर्मी उपचारमा जुटेका थिए । तर, त्यसबेला बुवाको स्वास्थ्य जटिल बनिसकेको थियो ।’ ढिलो गरि उपचार गरेको कारणले बुवाको ज्यान गएको परिवारको आरोप छ ।

चारैतिर हारगुहार गरि कोशि कोभिड उपचार केन्द्रमा पु¥याउँदा पनि समयमै उपचार नपाएर बावुको मृत्यु भएको सन्जिवको भनाई छ । ‘आइसीयूमा राखेर अस्पताल पु¥याएको बेला बुवाको उपचार स्वास्थ्यकर्मी जुटिदिएका भए बुवा बाच्नुहुन्थ्यो । मेलै धेरै तिर हारगुहार गरे, कोही उपचार गर्न आएनन्,’ उनले भने, ‘बिरामीको कुनै मतलब नै राखेनन् । समयमा उचित उपचार नपाएर बुवाको मृत्यु भयो।’

कोरोनाको भन्दा समयमै उपचार नपाएको कारण बुबाके ज्यान गुमाउन वाध्य भएको उनले भावुक हुँदै सुनाए । ‘हामीले बुवाको स्वास्थ्यमा समस्या हुनेबित्तिकै अस्पताल लिएर आएका थियौं, तर डाक्टरहरु निकै ढिलो गरि हेरे,’ उनले भने, ‘त्यति बेलासम्म बुवाको मृत्यु भइसकेको थियो ।’

मृतक श्रेष्ठका दुई छोरा, एक छोरी र श्रीमती छिन्।

यता, कोशी कोभिड उपचार केन्द्रका संयोजक बैजनाथ साहले गम्भिर विरामी भएकाले अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको बताए । ‘अस्पतालमा ल्याउनुभन्दा अगाडी पूर्वजानकारी गराउँदा हामीलाइ पनि तयारी गर्न सजिल्लो हुन्छ । जानकारी नदिकन विरामी लिएर आएका थिए । तर, पनि चिकित्सकहरुले भेन्टिलेटरसहितको आइसियूमा राखेर उपचार गर्दा विरामीलाई हामीले बचाउन सकेनौं,’ संयोजक साहले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ