२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमेडिकल अकुपञ्चरिष्ट विशाल श्रेष्ठका सुझाव : माइग्रेनका बिरामीले घरमै यसरी पाउन सक्छन राहत

मेडिकल अकुपञ्चरिष्ट विशाल श्रेष्ठका सुझाव : माइग्रेनका बिरामीले घरमै यसरी पाउन सक्छन राहत


माइग्रेन एक प्रकारको अत्याधिक टाउको दुख्ने रोग हो। यो रोग हुनेहरुलाई विशेषगरी असह्रय पीडा हुन्छ। धेरै अनुसन्धानबाट के निष्कर्ष निक्लिएको छ भने महिलाहरुलाई पुरुषभन्दा बढी यो रोगबाट पीडित हुन्छन्। महिलाहरुमा हुने हर्मोनल परिवर्तन र जीवनशैली यसको मुख्य कारण हो। तथ्यांकअनुसार महिलालाई ३ जनामा लाग्दा पुरुषमा १ जनामा देखिन्छ। अर्थात ३ : १ को अनुपातमा देखिएको छ।

यो अत्याधिक टाउको दुख्ने माइग्रेनको निश्चित लक्षणहरु हुन्छन्।

  • बेला-बेलामा बेस्सरी ठाउको दुख्ने,
  • टाउको दुख्दा रिस उठ्ने,
  • कोहीसँग बोल्न मन नलाग्ने,
  • भिडभाडमा जान मन नलाग्ने
  • घाम लागेको बेला र अत्याधिक उज्यालो ठाउँमा आँखा हेर्न नसक्ने
  • केहीलाई ठाउँको आधा भाग दाहिने भाग दुख्ने गर्छ भने कोहीलाई देब्रे दुख्ने र केहीलाई चाहिँ दुवै टाउको दुख्ने गर्छ।
  • नशा फूलेको जस्तो टाउको चर्किएको जस्तो दुखाइ

अहिले कोरोनाको महामारीले गर्दा अस्पताल जाने वातावरण छैन। यो समयमा घरमै बस्नु मात्र एक विकल्प हुन्छ। यस्तो अवस्थामा टाउको दुख्दा वा माइग्रेनका बिरामीले केहि हदसम्म कम गर्न घरमै पनि केहि उपाय अपनाउन सकिन्छ। जसका लागि यी कुराहरुमा ध्यान दिन सकिन्छ।

विशेषगरी माइग्रेनका बिरामीले आहार, बिहार र व्यवहारमा ध्यान दिनुपर्दछ।

  • कुहिएको खानेकुराहरु जस्तै:- गुन्द्रुक, गालेको अचार,सिन्की तामाजस्ता गालेको कुरा खान हुँदैन।
  • दूधजन्य खानेकुराहरु खान हुँदैन। दुध ताजा हुन्छ जसले गर्दा खान मिल्छ । तर, दुधबाट बनेको पनिर, घ्यु, दही, आइसक्रिमहरुले पनि माइग्रेनका बिरामीलाई असर पुर्याउने अध्ययनले देखाएको छ।
  • क्याफिनयुक्त खानेकुरा खान हुँदैन। जस्तैः कफी र चकलेटले पनि केहि हदसम्म टाउको दुखाउँछ।
  • मद्यपान गर्न हुँदैन।

टाउकोमा भएका अंगहरु डिस्टर्ब भएमा पनि माइग्रेनका बिरामीलाई टाउको दुखाइ बढ्छ। जसमा आँखा, नाक, मुख, कान र जिब्रो पर्दछ।

कान

  • माइग्रेनका व्यक्तिहरुले धेरै होहल्ला, आवाज भएको ठाउँमा बस्न हुँदैन।

आँखा

  • माइग्रेनका बिरामीलाई आँखामा पनि समस्या हुन्छ । अत्याधिक उज्यालो भएको ठाउँमा हेर्न हुँदैन। जानै परेमा प्रकाश छेक्नको लागि क्याप, चस्माको प्रयोग गर्न सकिन्छ।

नाक

  • नाकलाई पनि प्रभाव पार्छ  । दुर्गन्ध वा सुगन्ध दुवैले असर पार्ने गर्छ। माइग्रेनलाई बढावा दिन्छ। जसको लागि मास्कको प्रयोग गर्नु उचित हुन्छ।

जिब्रो

  • जिब्रोलाई स्वादिलो खानेकुरा निकै मनपर्छ । तर, माइग्रेनका बिरामीहरुले गालेको अचार, गुन्द्रुकजस्ता खानेकुराहरु खान हुँदैन । यस्ता बिरामीले समयमा खानेकुरा खाने गर्नुपर्छ र यस्ता बिरामीहरुले ब्रत बस्न हुँदैन।

पर्याप्त निन्द्रा 

  • निन्द्राको अत्याधिक जरुरी पर्छ। यसको लागि ६ देखि ८ घण्टा पर्याप्त सुत्नपर्ने हुन्छ । जसबाट ब्रेनले आराम पाउँछ।

अनुकूल वातावरण 

  • अहिले नकारात्मक समाचारहरुले पनि दिमागमा असर पुर्याउन सक्छ । त्यसकारण यी चीजहरु सकेसम्म हेर्न हुँदैन। तनावबाट मुक्त हुन् ध्यान, प्राणायाम, योग र मनोरंजनयुक्त कार्यक्रमहरु हेर्दा पनि टाउको दुख्ने कम हुन्छ।

विशेषगरी महिलाहरुले परिवार नियोजनको अस्थायी साधनले पनि माइग्रेनलाई बढाउने अध्ययनमा देखिएको छ। यसकारण माइग्रेनबाट पीडित हुनहुन्छ भने केहि समयको लागि यस्ता साधनहरु प्रयोग नगर्दा उचित हुन्छ। किनकी यो हार्मोनल औषधी हो।

हामीले खानपान, जीवनशैली र हामी बस्ने वातावारणलाई ध्यान दिन सकियो भने माइग्रेनका बिरामीले घरमा हुँदा पनि टाउको दुखाइ कम गर्न सकिन्छ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ