२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकले नेपालमै नभएको औषधी सफारिस गरिदिँदा कोभिड बिरामीका आफन्त अनावश्यक तनावमा

चिकित्सकले नेपालमै नभएको औषधी सफारिस गरिदिँदा कोभिड बिरामीका आफन्त अनावश्यक तनावमा


काठमाडौँ –कोभिड- १९ संक्रमितका लागि निजी अस्पतालका चिकित्सकले नेपालमै उपलब्ध नभएको औषधी सिफारीस गरिदिँदा बिरामीका आफन्तहरुले अनाहकमा दुख पाउन थालेका छन् ।  औषधी व्यवस्था विभागले एक हप्ता अघि कोभिड-१९ का बिरामीका लागि लाभदायिक हुने विश्वास गरिएको टोसिलिजुम्याब नामक औषधी आयात गर्न नेपाली औषधी सप्लायर यती क्याम्पलाई अनुमती दिएको थियो । यो औषधी स्वीजरल्याण्डको रोच कम्पनीले उत्पादन गर्दै आएको छ ।

अनुमति पाएतापनि अझै सो औषधी नेपाल आइपुग्न कम्तीमा दुई हप्ता लाग्ने जानकारी पाएको औषधी आयतकर्ता संघका महासचिव पवन आचार्यले बताए । ‘औषधी आउन कम्तीमा २ हप्ता लाग्छ ।’,उनले भने,  ‘यहाँ चिकित्सकले धमाधम सिफारिस गर्न थालीसके ।’

महासचिव आचार्य चिकित्सकले सिफारिस गरेको भन्दै आफुलाई दिनमा एक सय कल भन्दा बढी सो औषधीको माग गर्दै फोन गर्ने गरेको बताउछन् ।नेपाल आउने सो औषधी एक भाइलको ६० देखि ७० हजारसम्म पर्ने आयतकर्ताहरुको दावी छ । हाललाई कम्पनीले नेपालको लागि ५ सय डोज उपलब्ध गराउने जानकारी दिएको आचार्यले बताए । यो औषधी भारतमा समेत सटेज रहेको उनको भनाई छ ।

यसरी औषधी नै नआइ सिफारीस गर्दा बिरामीका आफन्तलाई झनै तनाव बढ्ने उनको भनाई छ । ‘बिरामीको आफन्तलाई अन्तिमसम्म आश हुन्छ ।’, उनले भने, ‘डाक्टरले लेखेको औषधी नपाउदा भोलि बिरामी केही भएमा जिन्दगीभर त्यही पछुतो भइरहन्छ ।’

नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारी औषधी व्यवस्था विभागले स्वीकृत दिइसकेको औषधी बिरामीलाई सिफारिस गर्नु चिकित्सकको गल्ती नभएको बताउँछन् । ‘डिडिएले स्वीकृत दिइसकेपछि चिकित्सकले त्यो औषधी त सिफारिस गरिहाल्छन् नि ।’ ,उनी भन्छन्, ‘त्यो औषधी नपाए त्यसको साटो अर्को पाउला ।’ उनी डिडिएले नेपालमा कुन औषधी छ कुन छैन भन्ने एप तयार गरेर त्यसलाई सार्वजनिक नगर्दा चिकित्सक र बिरामीले समस्या झेल्नुपरेको बताउँछन्।

‘रोचले भन्यो कोभिड बिरामीलाई टोसिलिजुम्याब प्रभावकारी छैन’

यसको विश्वभर माग बढिरहेको छ। केही क्लिनिकल परीक्षणमा यो औषधीको प्रयोगले जीवनरक्षा गर्ने जीवनरक्षक भनिएको पनि पाइन्छ। तर, यता रोचडटकमले भने सो औषधी कोभिड बिरामीका लागि खासै प्रभावकारी नभएको उल्लेख गरेको छ। गत जुलाईमा तेस्राे चरणकाे परीक्षण प्रतिवेदनमा सार्वजनिक गर्दै साे औषधी उत्पादक कम्पनीले निकालेकाे रिपोर्टमा काेभिड-१९का बिरामीमा प्रभावकारी नदेखिएकाे बताएको हो। 

कोभ्याकटाले गरेको क्लिनिकल परीक्षणले के देखाएको छ भने निमोनिया भएका वयस्कहरुमा यस औषधीको सकारात्मक प्रभाव देखाएको छैन।  कोभिडका बिरामी अझ त्यसमा अनि निमोनियाले समेत सताएको व्यक्तिका लागि यो प्रभावकारी नभएको र  यसले मृत्युदरलाई पनि कम गर्नमा साहयक नपाइएको रोचको भनाई छ ।

कोभिडका बिरामीमा उक्त औषधीले कुनै सुरक्षित संकेत नदेखाइएको पाइएको छ। सो औषधीको उपयोगिताबारे थप अध्ययन गर्ने बताइएको छ। टोसिलिजुम्याब नामक औषधि प्रायः आर्थाइटिसको उपचारका लागि प्रयोग गरिन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ