२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा तीन र विपीमा एक जना कोरोना संक्रमितको मृत्यु

नोबेलमा तीन र विपीमा एक जना कोरोना संक्रमितको मृत्यु


विराटनगर-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो ।

नोबेलमा आज विहान २ः३० बजे धरानका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । आइतबार राति ३ः३० बजे विराटनगर १ त्रिवेणी चौक घर भएका ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

आज नै सिराहको कल्याणपुर ४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबलेमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।

यस्तै, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सह प्रवक्ता डा. चुरामणि पोखरेलकाअनुसार शनिबार राति १०ः१५ मा मोरङको ग्रामथान ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । १५ बैशाखमा अस्पतालमा भर्ना भएका उनमा १७ बैशाखमा कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)