२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ९३७ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ९३७ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर – प्रदेश १ मा सोमबार ९३७जनामाकोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो ।

सामाजिक विकास मन्त्रालयकाअनुसार सोमबार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा मोरङको विराटनगरमा १२४ महिला र १७७पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३–३, धनपालथान, सुनवर्षी र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४ र  मेचीनगरमा २५ थपिएका छन् ।

त्यस्तै,  अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमलगाउँपालिकामा ७,बा¥हदशीमा ४, स्थानीय तहनखुलेका ३, स्थानीय हल्दिबारी र झापागाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशीगाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीयतहनखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीयतहनखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीयतहनखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १मा कोरोना संक्रमितको संख्या ३८हजार ९  सय २० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् ।

आज ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ । प्रदेश १ मा आज १ हजार ९ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ